+

भोक लागेको बेला खाना नखाँदा शरीरलाई कस्तो हानि पुग्छ ?

२०८१ साउन  ३२ गते १४:०१ २०८१ साउन ३२ गते १४:०१
भोक लागेको बेला खाना नखाँदा शरीरलाई कस्तो हानि पुग्छ ?

मोटोपनको समस्याले धेरैलाई सताइरहेको छ । मोटोपन कम गर्न मानिसहरूले विभिन्न डाइट-प्लान अपनाउँछन् । केही व्यक्ति त तौल घटाउनमा यति केन्द्रित हुन्छन् कि उनीहरू भोक लाग्दा पनि खाना खाँदैनन् ।

तौल कम गर्न भोक लाग्दा पनि खाना खाइएन भने वा लामो समयसम्म भोकै बस्दा तौल घट्नुको सट्टा रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ र रोगको जोखिम धेरै गुना बढ्छ ।

तौल कम गर्न मात्र होइन, कतिपयले कामको व्यस्तताका कारण पनि भोक लागेको बेला खाना खाँदैनन् । तर त्यसो गर्नाले शरीरलाई हानि पुग्न सक्छ र शरीरको ऊर्जा स्तर पनि कम हुन्छ । बारम्बार भोक लाग्दा पनि खाना खाइएन भने मेटाबोलिजम सुस्त हुनसक्छ र कमजोर रोगप्रतिरोधात्मक क्षमताका कारण धेरै रोगको जोखिम बढ्न सक्छ ।

भोक लागेको बेला नखाँदा माइग्रेनको समस्या हुनसक्छ र पाचनसम्बन्धी समस्याको जोखिम पनि बढ्छ । त्यसैले भोकलाई बेवास्ता गर्नु हुँदैन ।

कम ऊर्जा स्तर

भोकलाई बेवास्ता गर्नाले शरीरको ऊर्जा स्तर घट्न सक्छ, जसले गर्दा थकान महसुस हुनसक्छ । खानाले ऊर्जाको स्तर कायम राख्नुका साथै शरीरलाई आवश्यक पोषक तत्त्व उपलब्ध गराउँछ । भोक लागेको बेला खाना नखाँदा शरीरमा ग्लुकोजको मात्रा कम हुन्छ, जसकारण चक्कर लाग्ने र मुटुको धड्कन बढ्ने जस्ता लक्षण देखिन सक्छ ।

शरीरमा पोषक तत्त्वको कमी

भोक लागेको बेला खाना नखाँदा शरीरमा पोषक तत्त्वको कमी हुनसक्छ । शरीरलाई चल्न कार्बोहाइड्रेट, प्रोटिन, बोसो र भिटामिन चाहिन्छ । यदि भोक लाग्दा खाना खाइएन भने मस्तिष्कको कार्य प्रभावित हुन्छ र हड्डीहरू कमजोर हुन सक्छन्, साथै ऊर्जा स्तर घट्न सक्छ । लामो समयसम्म खाना नखाँदा थकान, चक्कर लाग्ने र कपाल झर्ने जस्ता समस्या पनि बढ्न सक्छ ।

झन् धेरै खाना खान मन लाग्छ

भोक लागेको बेला खाना नखाँदा रगतमा चिनीको मात्रा कम हुन्छ थकान र चिडचिडापन महसुस हुन्छ । साथै भोक लाग्दा धेरै क्यालोरीयुक्त खानेकुरा खान मन लाग्छ । लामो समय खाना खाइएन र त्यसपछि खाना खाँदा सामान्य मात्रा भन्दा बढी खाइन्छ, जसकारण तौल अझै द्रुत गतिमा बढ्न सक्छ ।

सुस्त मेटाबोलिजम

भोक लाग्दा खाना नखाँदा मेटाबोलिजम सुस्त हुन्छ, जसकारण तौल पनि प्रभावित हुन्छ । सुस्त मेटाबोलिजमका कारण तौल छिटो बढ्छ र थकान, कमजोरी र जोर्नी दुख्ने जस्ता समस्या बढ्न सक्छ । कहिलेकाहीं ढिलो मेटाबोलिजम, कब्जियत, अपच र पेट फुल्ने समस्या पनि बढ्छ ।

सोच्ने क्षमता प्रभावित हुन्छ

लामो समयसम्म भोकै बस्दा मानसिक रूपमा थकान महसुस हुनसक्छ । किनभने मस्तिष्कलाई लगातार ग्लुकोज चाहिने भएकाले त्यो प्राप्त नहुँदा ध्यान केन्द्रित गर्न समस्या हुन्छ ।  धेरै पटक भोक लागेको बेला नखाँदा पनि तनाव र चिन्ताको समस्या बढ्न सक्छ ।

भोक लाग्दा नै किन खानु किन जरुरी ?

भोक लागेपछि मात्रै खाना खानुपर्छ । किनकि जब भोक लाग्छ, शरीरमा पाचन रसहरू उत्पादन हुन्छ । तब हामीले खाएको खानेकुरा राम्ररी पच्छ । शरीरलाई कहिले खाना चाहिन्छ र कहिले भोक लाग्छ भन्ने कुरा राम्ररी थाहा हुन्छ । जब भोकको अनुभव हुन्छ शरीरले ‘अटोफेजी’ उत्पादन गर्छ । अटोफेजी भनेको शरीर सफा गर्नु जस्तै हो ।

शरीरमा अटोफेजीको लागि काम गर्ने धेरै जिनहरू हुन्छन् । अटोफेजीको माध्यमबाट शरीरले आफ्नो मृत र क्षतिग्रस्त कोषिकाहरुलाई निकाल्छ र शरीरलाई भित्रबाट सफा गर्छ । किनभने यो प्रक्रियाले सबै क्षतिग्रस्त प्रोटिनहरू हटाउँछ र धेरै ऊर्जा दिन्छ ।

आयुष अधिकारी खानेकुरा भोक स्वास्थ्य
लेखक
आयुष अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?