+
+

प्राप्त उपलब्धि जोगाउन सकारात्मक सोच आवश्यक : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १३:५७

३२ साउन, काठमाडौं। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले व्यवस्थाप्रति नकरात्मक सोच हाबी भएको भन्दै प्राप्त उपलब्धि जोगाउन सकरात्मक विचार आवश्यक रहेको बताए ।

काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट-२०२४’ को उदघाटन समारोहमा मन्त्री सिंहले समाजमा नकारात्मक कुरामा बढी समय खेर फालिरहेको बताए ।

उनले यो भएन उ भएन भनेर भन्न सजिलो ठान्ने तर जिम्मेवारीमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी रहेको बताए ।

उनले नेपालमा पढ्ने विद्यार्थीको संख्या घट्दै गइरहेको र विदेशिनेक्रम बढिरहेको बताए ।

नेपालमा बसेर केही गर्छु भन्नु भावनाको विकास गर्न आवश्यक रहेको बताउँदै उनले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिक नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने बताए ।

‘कस्तो खालको ऐन र नीति बनाउने हो, जनप्रतिनिधिलाई सुझाव दिनुहोला । सूचना प्रविधिको जमानामा आफूमा भएको सिप आदनप्रदान गर्न सक्नुपर्छ । ग्लोबल भिलेजको जमानामा देश छाडेर जानु पर्दैन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?