+
+

यो साता फाइनान्स र बैंकिङमा उच्च वृद्धि, यी हुन् मूल्य धेरै बढेका कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १४:२३

३२ साउन, काठमाडौं । गत साता २७६६.६२ अंकमा रहेको सेयर बजार यो साता ३०००.८१ अंकमा रहेर बन्द भएको छ । यो साता ८.४ प्रतिशत अर्थात् २३४ अंकले बजार बढेको छ ।

यो साता पहिलो दिन आइतबार ९४.४६ अंक बढेको बजार सोमबार ७०.८१  बढे पनि मंगलबार ८.१८ घट्यो । बुधबार ३४.२९ र बिहीबार ४३.०५ अंक बढ्यो । बजारको परिसूचक बढ्दा यो साता कारोबार रकमले पटक पटक अघिल्ला रेकर्ड ब्रेक गर्‍यो ।

अन्तिम कारोबार दिन बिहीबार हालसम्मकै उच्च करिब ३० अर्बको कारोबार भयो । आइतबार २५ अर्ब ७७ करोड, सोमबार २७ अर्ब २४ करोड, मंगलबार २१ अर्ब ५१ करोड, बुधबार २३ अर्ब ४३ करोडको कारोबार भयो ।

बजारमा रकम भित्रिँदै जाँदा कारोबार रकम पनि बढ्दै गएको छ । अर्कोतिर दैनिक रुपमा बजार पुँजीकर (सूचीकृत सबै सेयरको मूल्य) मा नयाँ रेकर्ड बन्दै गएको छ । हाल बजारको पुँजीकरण (आकार) ४७ खर्ब ६५ अर्ब पुगेको छ । सर्वसाधारण समूहको सेयरको मात्रै पुँजीकरण (फ्लोट मार्केट क्याप) १६ खर्ब ८० अर्ब पुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरूले भदौका लागि ब्याजदर घटाएका छन् । जसले गर्दा आगामी साता बजार वृद्धिमा थप टेवा पुग्न सक्नेछ । आगामी साता सोमबार र मंगलबार भने सार्वजनिक बिदाका कारण बजार बन्द रहनेछ ।

यो साता बजारमा समूहगत उतारचढाव 

समूह गत साताको अंक यो साताको अंक वृद्धिदर प्रतिशत
बैंकिङ १,४८१ १,६८४ १३.७
विकास बैंक ५,२९२ ५,७६२ ८.८
फाइनान्स ३,३४६ ३,८४८ १५.०
हाइड्रोपावर ३,४६२ ३,८०९ १०.०
जीवन बीमा १३,३३८ १४,७१४ १०.३
निर्जीवन बीमा १३,३९४ १४,३६३ ७.२
होटल तथा पर्यटन ७,४२७ ७,७५५ ४.४
उत्पादन ८,१८५ ८,०२४ –१.९
माइक्रोफाइनान्स ५,२३९ ५,४१९ ३.४
व्यापार ३,८४६ ४,२१६ ७.२
लगानी ११२ १२२ ८.९
अन्य २,३२१ २,३५० १.२

फाइनान्स र बैंकिङमा उच्च वृद्धि

यो साता फाइनान्स र बैंकिङ समूहमा उच्च वृद्धि देखियो । फाइनान्स समूहको सूचक १५ र बैंकिङ समूह १३.७ प्रतिशत बढे । फाइनान्स समूहको सूचक यो साताको बुधबार हालसम्मकै उच्च ३,९६९ अंकमा पुगेको थियो । यद्यपि बिहीबार भने यो सूचक १२१ अंक (३.०५ प्रतिशत) घट्यो र हाल ३८४८ अंकमा कायम भएको छ ।

फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण कमजोर देखिए पनि न्युन पुँजीका कारण यो क्षेत्रको सूचकमा उच्च वृद्धि देखिएको हो ।

फाइनान्समा अन्य क्षेत्रको तुलनामा जोखिम पनि बढेको छ । बजारमा १५ वटा फाइनान्स कम्पनी सूचीकृत छन् । जसमध्ये करिब आधाले यो वर्ष लाभांश दिने क्षमता छैन । लाभांश दिन सक्ने क्षमता भएकाहरुको पनि दोहोरो अंक दरमा दिने क्षमता छैन ।

फाइनान्सपछि यो साता बैंकिङमा उच्च वृद्धि देखियो । सो समूहको सूचक १३.७ प्रतिशत बढ्यो । गत साता बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण त्यति सन्तोषजनक नभए पनि मूल्य न्यून रहेकाले यस क्षेत्रमा आकर्षण देखिन्छ । न्यून मूल्यका वाणिज्य बैंकको सेयरमा  अझ आकर्षण देखिएको छ ।

अन्तिम कारोबार दिन बिहीबार मात्रै नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी, ग्लोबल आईएमई, कुमारी, हिमालयन र माछापुच्छ्रे  बैंकको मूल्य ८ प्रतिशतभन्दा धेरै बढ्यो । यी बैंकको मूल्य अझै पनि ३ सयमुनि छ ।

यो साता मूल्य उच्च दरमा बढेका कम्पनी

कम्पनी अन्तिम मूल्य वृद्धिदर प्रतिशत
हिमाल दोलखा हाइड्रोपावर २६५.१० ४३.४५
नेसनल हाइड्रोपावर २७९ ३८.१२
गुडविल फाइनान्स ११५० ३७.५६
अपी पावर ३७५ ३५.९२
आँखुखोला जलविद्युत् २६८ ३५.३५
माथिल्लो तामाकोशी २८६ ३४.२७
अरुण काबेली पावर ३१८ ३३.६७
अरुणभ्याली हाइड्रोपावर ३३४ ३२.२८

उच्च कारोबार
यो साता पनि सेयर बजारमा समूहत रुपमा उच्च कारोबार हुनेमा हाइड्रोपावर समूह अगाडि रह्यो । चारै दिन हाइड्रोपावर समूहको कारोबार रकम ७–७ अर्बभन्दा माथि रह्यो।

अन्तिम दिन बिहीबार भने यो समूहको कारोबार रकम हालसम्मकै उच्च रह्यो । सो दिन मात्रै यस समूहको १० अर्ब ३२ करोड रुपैयाँको कारोबार भयो । बिहीबार कुल कारोबारमा हाइड्रोपावर समूहको मात्रै अंश ३४.४ प्रतिशत हो ।

त्यस्तै यो साता उच्च रकमको कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, नेपाल फाइनान्स, निफ्रा, अपि पावर, सानिमा माइ हाइड्रोपावर र माथिल्लो तामाकोशी क्रमशः अगाडि रहे । उच्च कारोबार सेयर संख्याका आधारमा यो साता माथिल्लो तामाकोशी, निफ्रा, अपी पावर, हिमाल दोलखा हाइड्रोपावर, कुमारी बैंक र अरुणभयाली हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो साता मूल्य उच्च दरमा घटेका कम्पनी

कम्पनी अन्तिम मूल्य गिरावट दर प्रतिशत
कुथेली बुकरी स्मल हाइड्रोपावर २१७६ -२०.१८
मैलुङखोला जलविद्युत् ५७६ -१०.६५
माथिल्लो मैलुङखोला ६३५ -७.९७
अपरहेवा खोला ५४८ -६.८८
उन्नति सहकार्य लघुवित्त १५६० -६.६४
इमर्जिङ नेपाल १२२० -५.७२
एनआरएन इन्फ्रास्ट्रक्चर ९५० -४.९६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?