+
+

एकैपटक ५९ सहसचिवको सरुवा, को कहाँ पुगे ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १४:२१

३२ साउन, काठमाडौं । सरकारले ५९ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५९ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

सरुवा सूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुसाल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

स्वास्थ्य तथा जनसङ्खंख्या मन्त्रालयका सहसचिव विनोदबहादुर कुँवरलाई पनि प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी यसअघि नै काजमा आएर प्रधानमन्त्रीको निजी सचिवको रुपमा कार्यरत थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)की सहसचिव कृष्णकुमारी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

यसैगरी बाग्मतीको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका हरिशरण पुडासैनी अर्थ मन्त्रालयमा आएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका दीपक लामिछाने र राष्ट्रिय योजना आयोगका महेश भट्टराईलाई पनि अर्थमा पठाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीबाट यमुना प्रधान, कोशीको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्यामप्रसाद भण्डारी र लोकसेवा आयोगबाट गोपीकृष्ण कोइराला अर्थ मन्त्रालयमै सरुवा भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट मदन दाहाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहकी कविता रेग्मी पनि अर्थ मन्त्रालयमा पुगेकी छिन् ।

महावाणिज्य दूत बनाउने तयारीसहित ४ सहसचिव परराष्ट्र मन्त्रालयमा पुगेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद निरौला, गृह मन्त्रालयका सहसचिवद्वय झक्कप्रसाद आचार्य र भरत खनाल परराष्ट्रमा पुगेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका विन्देश्वरप्रसाद लेखक पनि परराष्ट्रमा सरुवा भएका छन् । सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णालीको प्रदेश प्रमुखको कार्यालयमा पठाएको छ। भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेका छन् ।

अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख नरेन्द्रकुमार रानालाई लोकसेवा आयोगमा सरुवा गरिएको छ । भन्सार विभागका उपमहानिर्देशक रहेका रामकुमार महतो पनि लोक सेवा आयोगमा पुगेका छन् ।

सहसचिव नारायणप्रसाद सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयबाट निर्वाचन आयोगमा पठाइएको छ । टोकराज पाण्डेलाई अर्थ मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

भ्रष्टाचार मुद्दामा मुछिएका अर्थ मन्त्रालयका रितेशकुमार शाक्यलाई सामान्य प्रशासन मनत्रालयको  अतिरिक्त समूहमा राखिएको छ । अर्थकै सहसचिव टंकप्रसाद पाण्डे संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा थन्क्याएका छन् ।

सहसचिव शिवराम पोखरेल सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आएका छन् । रघुराम विष्ट निर्वाचन आयोगबाट गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन्। ज्ञानहरि घिमिरे हुलाक सेवा विभागका महानिर्देकबाट बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुगेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बाबुराम गौतम गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।

सहसचिव कृष्णप्रसाद लम्साल राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । लामो समदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बसेका खोमराज कोइरालालाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ ।

बाग्मतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी हुमकला पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएर आएकी छिन् । कोशीको सामाजिक विकास मन्त्रालयका लक्ष्मीप्रसाद भट्टराईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तरगतमा ल्याइएको छ ।

बाग्मतीको प्रदेश लोक सेवा आयोगकी नीता पोखरेल अर्याल निर्वाचन आयोगमा आएकी छिन् । सहसचिव डा.नारायणप्रसाद रेग्मी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालमा सरुवा भएका छन् ।

सहसचिव रामकृष्ण लामिछाने ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेका छन् ।

सहसचिव हेमराज तामाङ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवा भएर कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् । रुद्रप्रसाद पण्डित पर्यटन विभागका महानिर्देशकबाट राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् ।

सहसचिव चक्रबहादुर बुढा राजस्व अनुसन्धान विभागका महानिर्देशकबाट संघीय मामिला मन्त्रालयको अतिरिक्तमा ल्याएर थन्क्याइएका छन् ।

यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव अर्जुन भण्डारीलाई राष्ट्रय योजना आयोगमा पठाइएको छ । पुष्पराज शाही प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् ।

महावाणिज्यदूत बनाउने तयारीसहित परराष्ट्रमा पुगेका नवराज ढुंगानालाई सुदूरपश्चिमको प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । उनीसँगै परराष्ट्र गएका नारायणप्रसाद भट्ट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका छन् । सहसचिव लीलाप्रसाद शर्मा रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा पुगेका छन् ।

सहसचिव पुष्कर न्यौपानेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कोशीको प्रदेश प्रमुखको कार्यालयमा जिम्मेवारी पाएका छन् । सहसचिव शंकर नेपाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।

सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञवाली राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् । गण्डकीको प्रदेश लोकसेवा आयोगबाट ऋषिराम तिवारीलाई गृह मन्त्रायमा ल्याइएको छ ।

सहसचिव रमेश ढकाल निर्वाचन आयोगबाट गृह मन्त्रालयमा सरुवा भएका छन् । भूपेन्द्र थापालाई गृह मन्त्रालयबाट लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

सहसचिव कमलप्रसाद भट्टराई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकबाट राष्ट्रिय सूचना आयोगमा सरुवा भएका छन् । सहसचिव सूर्यबहादुर खत्री गृह मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काजमा कार्यरत प्रदीपकुमार कोइराला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आएका छन् ।

कोलकातामा महावाणिज्यदूतका रुपमा कार्यकाल पूरा गरेर फर्किएका परराष्ट्र मन्त्रालयका ईश्वरराज पौडेल लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।  लुम्बिनीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निराजन घिमिरेले राष्ट्रपति कार्यालयमा जिम्मेवारी पाएका छन् ।

चन्द्रकला पौडेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएकी छिन् ।

दीपकराज नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाइएको छ । प्रकाश दाहाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट संघीय मामिला मन्त्रालयमा जिम्मेवारी पाएका छन् । ज्ञानप्रसाद ढकाल रक्षा मन्त्रालयमा सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?