+
+

वीर अस्पतालमा बलबहादुर कामीको उपचार सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १४:४१
फाइल फोटो ।

साउन ३२, काठमाडौं । आर्थिक अभावका कारण उपचार नपाएका ५८ वर्षीय बलबहादुर कामी वीर अस्पताल भर्ना भएका छन् । गरिब तथा विपन्न कोषमार्फत सम्पूर्ण खर्च अस्पतालले व्यहार्ने गरी उपचार सुरू गरिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।

‘सर्जिकल टिमका चिकित्सकले उपचार सुुरू गरिसक्नु भएको छ,’ डा. पौडेलले भने, ‘परिवारले राम्रोसँग हेरचाह नगर्दा शरीरमा घाउ फैलिएको रहेछ । पहिलो चरणमा घाउ निको गर्नेमा केन्द्रित हुन्छौं ।’

बलबहादुर पहिले ट्याक्सी चलाउँथे । काठमाडौंको बौद्ध, तीनचुलीमा एक्लै बस्दै आएका उनी ०८० कात्तिकमा अचानक खाटबाट भुइँमा खसेर बेहोस भएका थिए । २ दिनपछि परिवारले परिवारले थाहा पाएर अस्पताल पुर्‍याउँदासम्म उनको खुट्टा नचल्ने भइसकेको थियो ।

उच्च रक्तचापका कारण पक्षघात भएर उनको बायाँ खुट्टा पूर्ण रूपमा काम नगर्ने भएको थियो । दुई महिनासम्म उपचार गरे पनि सञ्चो नभएपछि उनलाई फर्काइएको थियो ।

डाक्टरहरूले थेरापी गर्न सुझाव दिए पनि आर्थिक अभावका कारण उनी वञ्चित भएका थिए । परिवारले हेरचाह पनि नगर्दा उनको शरीरभर घाउ भइसकेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?