+
+
थामेका पेम्बाको बयान :

‘लज, स्कुल, बाटो, साँघु सबै बगाइदियो’

अर्को पहाडतिर कतै फुट्ने क्रम चलेन भने अब बाढी घट्ला । तर हामी होसियार भएर बसिरहेका छौं । किनभने यस्तो खालको माटोमा जुनसुकै बेला जे पनि हुन सक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १५:४२

३२ साउन, काठमाडौं । नाम्चेबाट हिँड्दै गए पाँच घन्टामा पुगिने खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा ५ का ४८ वर्षीय पेम्बा तेन्जिङ शेर्पाले थामेमा गएको भीषण बाढीपछिको अवस्थाबारे जे देखेः

लज चल्ने गरेका सातवटा घरहरु खोलाले बगायो । छेउमा स्कुल पनि छ । बाटो, साँघु सबै बगाइदियो आजको बाढीले ।

खुम्बुको पर्यटनमा अफसिजन चलिरहेकाले लजमा मान्छेहरु खासै छैनन् । त्यसैले बाढीमा कमभन्दा कम मान्छे परे भन्ने आशा गरेका छौं । राति बाढी आएको भए धेरै क्षति हुने थियो । दिउँसो १.२५ अचानक बाढी आएपछि त्यहाँबाट भाग्न सजिलो भयो ।

धन्न पारेचोम्बुचो ताल फुट्न पाएनछ । त्यो पनि फुटेको भए धेरै नै क्षति हुने थियो । उतापटि रोलिङ खोला छ, यतापटि थामे । यी दुई खोलाहरुको बीचमा थुप्रै पहाडहरू छन् । तीमध्ये कुनै पहाड फुटेको आशंका छ । माथि गएर हेर्ने अवस्था छैन ।

अहिले गाउँपालिकाका मानिसहरु प्रहरीसहित आइपुगेका छन् । सेना पनि आउँदै छ । बिजुली कतै छैन । इन्टरनेट हुने कुरै भएन । बाढी चाहिँ दिउँसोभन्दा घट्ने क्रममा छ ।

फेरि अर्को पहाडतिर कतै फुट्ने क्रम चलेन भने अब बाढी घट्ला । तर हामी होसियार भएर बसिरहेका छौं । किनभने यस्तो खालको माटोमा जुनसुकै बेला जे पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?