+
+

‘१२ गाउँ’को एक्सनप्रधान टिजर : छोरा मार्फत विराजले अघि बढाएको ‘एक्सन लिगेसी’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १५:५२

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशन रहेको फिल्म ‘१२ गाउँ’को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ । डेढ मिनेट लामो टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे जानकारी दिन्छ ।

‘१२ गाउँ’ नामक एक प्राचीन थलोको अत्याचारी शासकविरुद्ध लड्न एक परिवर्तनकारी योद्धाले लडेको लडाइँको कथा यसमा समेटिएको छ । भट्टका छोरा समीरलाई टिजरमा ‘परिवर्तनकारी योद्धा’को रुपमा चिनाइएको छ ।

समीरले यो फिल्मबाटै नेपाली फिल्ममा अभिनय करिअर थालेका हुन् । टिजरमा उनी ‘एंग्री योङ म्यान’ विशेषता सहित चित्रित छन् । उनको यो एक्सन अवतार एक्सन फिल्ममा रुचि हुने दर्शकलाई प्रिय लाग्नसक्छ । फिल्म डेब्युमा लामो समयदेखिको उनको पर्खाइ यसमा स्पष्ट देखिन्छ ।

पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईको झलक पनि यसमा छ । यी दुवै महिला कलाकारको यो डेब्यु फिल्म समेत हो । टिजरमा निर्देशक विराजलाई पनि एक्सन भूमिकामा छोटो स्थान दिइएको छ ।

कुनै समय एक्सन हिरोको रुपमा कहलिएका विराजले आफ्नो एक्टर छविलाई निर्देशन र त्यसमा पनि छोराको लिगेसी मार्फत अघि बढाउन खोजेको स्पष्ट देखिन्छ । टिजरमा एक्सनले आफ्नो आवाजमा कथा न्यारेसन गरेका छन् । विराजले यसअघि फिल्म ‘साङ्लो’ निर्देशन गरेका थिए ।

साउथका एक्सन कोरियोग्राफर स्टन्ट सिल्भाको एक्सन कोरियोग्राफीको झलक पनि टिजरमा देख्न सकिन्छ । उनले साउथ शैलीमा ‘१२ गाउँ’को टिजर पस्किएका छन् । विराज भट्ट फिल्म प्रोडक्सनको यो फिल्म दशैंको फूलपातीका दिन असोज २४ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?