+
+

‘लाइट ग्रीन’ पहिरनमा सजिए निश्चल-स्वस्तिमा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १६:३८

काठमाडौं । निश्चल बस्नेत र स्वस्तिमा खड्का आगामी फिल्म ‘बेहुली फ्रम मेघौली’लाई लिएर उत्साहित सुनिएका छन् । शुक्रबार फिल्मको नयाँ गीत सार्वजनिक गर्न आयोजित प्रेसमिटमा यो जोडी एकै रङको ‘लाइट ग्रीन’ पहिरनमा आकर्षक पनि देखिए ।

दशैंको फूलपातीमा रिलिज हुने यो सोसल–कमेडी फिल्ममा निश्चल अभिनेताको रुपमा छन् । स्वस्तिमा भने निर्मात्री र अभिनेत्रीको भूमिकामा प्रस्तुति छिन् । उनको प्रोडक्सन कम्पनी मेघौली फिल्म्सले निर्माण गरेको यो पहिलो फिल्म हो ।

उनीहरुले पत्रकार सम्मेलनमा मेकर र एक्टरको रुपमा आफ्ना दायित्वबारे कुरा गरे । निश्चलले धेरै बोलेनन्, जति बोले तौलिएर बोले । उनको यस्तो शैलीको जवाफ पत्रकारले सोधेका उनको निजी र पारिवारिक जीवनबारेका प्रश्नमा केन्द्रित थिए ।

‘दिमाग खराब’पछि निश्चल-स्वस्तिमाको यो नयाँ फिल्म हो । चितवनको मेघौली परिवेशमा बुनिएको यो कथा पारिवारिक र हास्य तत्व रुचाउने दर्शकलाई प्रिय लाग्न सक्छ । पत्रकार सम्मेलनपछि निश्चल र स्वस्तिमा अनलाइनखबरको क्यामेरामा कैद भए ।

पत्रकार सम्मेलनमा मेघौलीको मुड जगाउन केराको खम्बादेखि हरियो रङको पहिरनलाई रोजिएको थियो । जुन मनोविज्ञान निश्चल र स्वस्तिमाको पहिरनमा देखियो ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?