+
+

ऋषब शेट्टीले ‘कान्तारा’बाट जिते उत्कृष्ट अभिनेतातर्फ भारतको राष्ट्रिय फिल्म अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १६:२८

काठमाडौं । भारतमा शुक्रबार ७० औं राष्ट्रिय फिल्म अवार्डको घोषणा भएको छ । साउथ स्टार यशको फिल्म ‘केजीएफ २’ र रणवीर कपुरको ‘ब्रह्मास्त्र’ले राष्ट्रिय अवार्ड जितेका छन् ।

मलयालम फिल्म ‘अट्टम’ले सर्वाधिक अवार्ड जित्यो । ऋषब शेट्टी, नित्या मेनन र मानसी पारेखले उत्कृष्ट अभिनेता र अभिनेत्रीको उपाधि जितेका छन् ।

शेट्टीले फिल्म ‘कान्तारा’बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार पाए । उनी अभिनित फिल्म ‘कान्तारा’ सन् २०२२ मा रिलिज भएको थियो । नित्या मेननले तमिल फिल्म ‘तिरुचित्रम्बलम’का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । यस्तै मानसी पारेखले पनि गुजराती फिल्म ‘कच्छ एक्सप्रेस’का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।

निर्देशक प्रशान्त नीलको ब्लकबस्टर फिल्म ‘केजीएफ २’ ले दुई विधामा अवार्ड पाएको छ । प्रीतमले रणवीर कपुर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’का लागि उत्कृष्ट संगीत निर्देशकको राष्ट्रिय पुरस्कार पाए । फिल्म ‘गुलमोहर’का लागि मनोज बाजपेयीले अवार्ड पाएका छन् ।

सन् २०२३ मा अल्लु अर्जुनले उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जितेका थिए । अल्लुले यो अवार्ड उनको फिल्म ‘पुष्पा : द राइज’बाट पाएका हुन् । योसँगै उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘गंगुबाई काठियावाडी’का लागि आलिया भट्ट र ‘मिमी’बाट कृति सेननले जितेका थिए ।

राष्ट्रिय पुरस्कार सन् १९५४ मा सुरु भएको थियो । भारत सरकारले राष्ट्रिय फिल्म अवार्ड उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट निर्देशकलगायत विभिन्न विधामा प्रदान गर्छ । भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालय अन्तर्गतको फिल्म फेस्टिभल निर्देशनालयले हरेक वर्ष राष्ट्रिय फिल्म पुरस्कार वितरण समारोहको आयोजना गर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?