+
+

गृहमन्त्री लेखक र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १७:१३

३२ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखक र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबीच शुक्रबार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त द्विपक्षीय भेटवातार्मा गृहमन्त्री लेखकले संयुक्त राष्ट्रसंघको भूमिकाको प्रशंसा गरेका थिए । भेटमा उनले शान्ति मिसनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संख्या बढाउन पहल गरिदिन संयोजक हाम्डीलाई आग्रह गरेका थिए ।

राष्ट्रसंघीय आवासीय संयोजक हाम्डीले संक्रमणकालीन न्यायको प्रगतिका लागि मन्त्री लेखकलाई यस प्रक्रियामा प्राविधिक र आर्थिक पक्षमा संयुक्त राष्ट्र संघको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरिन् । जलवायु परिवर्तनका जोखिम व्यवस्थापन, विपदमा पूर्व चेतावनी प्रणालीमा पूर्ण सहयोग रहने उनले उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?