+
+

नेपालगञ्जमा बन्यो नेसनल लाइफको अत्याधुनिक व्यापारिक भवन

लुम्बिनी प्रदेशकै व्यापारिक हब बन्ने अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १७:४०

काठमाडौं । नेपालगञ्जको सुर्खेत रोडमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्याधुनिक व्यापारिक भवन निर्माण सम्पन्न भएको छ ।

नवनिर्मित भवनबाट कम्पनीले आफ्नो कार्यालय सञ्चालन गर्नुका साथै अतिरिक्त अन्य व्यापारिक कार्यालयहरू समेत सञ्चालन गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

नवनिर्मित भवनमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले वास्तु पूजा गरेकी छन् ।

सो अवसरमा अध्यक्ष सिंहले कम्पनीको यो भवन लुम्बिनी प्रदेशकै व्यापारिक हब बन्न सहयोग पुग्ने दाबी गरिन् ।

वास्तु पूजामा कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारी लगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?