
३२ साउन, काठमाडौं। काठमाडौंको चन्द्रागिरि-१५ नैकापमा रङ लगाउने क्रममा २ तले घरको छतबाट खस्दा एकजना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोटको पन्चकन्या गाउँपालिका-१ घर भएका ४१ वर्षीय अणबहादुर थापा मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौं का प्रवक्ता नवराज अधिकारीले बताए।
उनका अनुसार घरमा रङ लगाउने क्रममा खस्दा उनी घाइते भएका थिए । घाइते भएका उनलाई उपचारका लागि लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4