+
+

बाढीले कुरूप बनायो पर्यटकीय थामे गाउँ (तस्वीरहरू)

हरि अधिकारी हरि अधिकारी
२०८१ साउन ३२ गते १९:१२

३२ साउन, विराटनगर। थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु पासाङल्हामू गाउँपालिका-५को थामे बजारमा ठूलो क्षति भएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो आएको बाढीका कारण ७ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने गाउँ नै कुरुप बनाइदिएको छ। एउटा विद्यालय, पाँच वटा होटल र एउटा क्लिनिक क्षतिग्रस्त भएको छ । शुक्रबार दिउँसो आएको भीषण बाढीले क्षति गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूका प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।

उनका अनुसार थामेका ७ वटा घर अति जोखिममा छन् भने अन्य घरमा पनि पानी र लेदोसहितको बाढी पसेको छ । यस्तै बाढीमा एक जना मानिस बेपत्ता भएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खोलामा आएको बाढीको बहाव घटेपनि माथिल्लो तटीय क्षेत्रमा कटानको जोखिम रहेकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । प्रहरीले बाढीमा फसेका पाँच जनालाई उद्धार गरेको र थप खोजी कार्य जारी रहेको उनको भनाइ छ । बाढीमा फसेका पशुचौपायको प्रहरीले उद्धार गरेका छन् ।

सोलुखुम्बुका प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार पर्यटकीय क्षेत्र थामेममा अफ सिजन भएका कारण मानिसको चहल पहल कम थियो ।

उनका अनुसार अफ सिजनमा प्राय थामेका होटल सञ्चालकहरु कुरुवा राखेर काठमाडौँमा बस्छन् । ‘त्यो क्षेत्र पर्यटकीय क्षेत्र हो, अफ सिजन भएका कारण अहिले होटलमा कुरुवाहरु थिए,’ उनले भने,‘ त्यहाँ ५०–५१ वटा घर होलान् ।’

थामे सोलुखुम्बुको नाम्चेबाट उत्तरपश्चिम क्षेत्रमा पर्ने उनले बताए । थामेको तस्वीर हेर्दा पर्यटकिय क्षेत्रको अवस्था तहस नहस भएको उनले बताए ।

‘काठमाडौँमा भएकाले आज त्यहाँ जान पाइएन, भोलि जाने तयारी छ’, सांसद भण्डारी भने,‘ बाढीले ठूलो क्षति गरेको छ।’ बाढीका कारण गाउँलाई जोड्ने अन्य सडक भत्किएको उनको भनाइ छ ।

तस्वीरहरू : नेपाल प्रहरी

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?