+
+

सहकारी छानबिन विशेष समितिले गर्‍यो दिपेश पुनसँग सोधपुछ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १९:१६

३१ साउन, काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका दीपेशकुमार पुनसँग सोधपुछ गरेको छ ।शुक्रबार पुनसँग सोधपसछ गरिएको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये शुक्रबार सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव दीपेशकुमार पुनलाई समितिको बैठकमा बोलाएर सोधपुछ गरिएको हो ।

सहकारीको रकम अपचलनबारे छानबिन गरिरहेको संसदीय विशेष समितिले आरोपितसँग सोधपुछ गरिरहेको छ ।

गत जेठ १५ गते प्रतिनिधि सभाले सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको थियो ।

एमालेका सांसद सूर्य थापाको नेतृत्वमा गठित ७ सदस्यीय छानबिन समितिमा एमालेबाट सरिता भुसाल, कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र दिलेन्द्र प्रसाद बडू, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान रहेका छन् ।

सुरुमा कांग्रेसका तर्फबाट बन्द्री पाण्डे सदस्य थिए । पाण्डे मन्त्री भएपनि उनको ठाउँमा बडू समितिको सदस्य भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?