+
+

थामे बाढी : विज्ञसहितको टोली भोलि अध्ययनका लागि जाने

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १९:२०

३२ साउन, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे खोलामा गएको बाढीबारे अध्ययन गर्न भोलि (शनिबार) विज्ञसहितको टोली त्यसतर्फ जाने भएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनिकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलसहित विज्ञहरुको टोली त्यसतर्फ जान लागेको हो ।

टोलीले शुक्रबारै त्यसतर्फ जाने प्रयास गरेको थियो । तर, मौसमका कारण नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान नसकेको सैनिक प्रवक्ता गौरवकुमार केसी बताउँछन् ।

उनका अनुसार, शनिबार बिहान टोली लिएर सैनिक हेलिकोप्टर त्यसतर्फ जाने तयारी छ ।

रक्षा मन्त्रालय स्रोतका अनुसार, सम्भवतः रक्षामन्त्री मानवीर राई समेत त्यसतर्फ जानेछन् । बाढी आएको स्थानतर्फ जाने विज्ञसहितको टोलीले भने बाढीको स्रोत पत्ता लगाउने प्रयास गर्ने प्राधिकरण स्रोतले जनाएको छ ।

‘हिमपहिरो हो वा अन्य कुनै कारणले आएको हो भन्ने कुरा निर्क्यौल गर्न टोली जान लागेको हो’, प्राधिकरणका एक अधिकारीले भने ।

थामे खोलामा शुक्रबार दिउँसो आएको बाढीमा परेर केही घर, होटल र रिसोर्टहरु बगेका छन् भने नेपाली सेनाले ७ जनाको उद्दार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?