+
+

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन मंसिरमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते १९:५७

३२ साउन, काठमाडौं । मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मंसिरमा महाधिवेशन गर्ने भएको छ ।

साउन २६ देखि २९ गतेसम्म चलेको महाधिवेशन आयोजक समितिको बैठकले महाधिवेशनको मिति तय गरेको छ ।

मंसिर १३ देखि २३ गतेसम्म एकता राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरिएको प्रवक्ता सुदर्शनले जानकारी दिएका छन् ।

बैठकले पार्टीबाट अलग भएका धर्मेन्द्र बास्तोलासहितका नेताहरुलाई निस्कासन गरेको छ ।

साथै अराजक गतिविधि गरेको भन्दै भूपेन्द्र न्यौपाने, शेरबहादुर बोगटी र हरिकृष्ण गजुरेल लगायतलाई पनि निस्कासन गरिएको शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?