+
+

प्रेम, धोका, कमेडी, एक्सनले भरिपूर्ण ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते २१:१५

काठमाडौं । भदौ १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार आयोजित समारोहमा लभ, रोमान्स, धोका, कमेडी र एक्सनले भरिएको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

मिलन चाम्स निर्देशित फिल्ममा जानुका थापाको लगानी छ । अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई एलआरके प्रोडक्सनको प्रस्तुतिमा तयार पारिएको हो ।

सुदीप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, हिमाल केसीको एक्सन, प्रदीप भारद्धाजको पटकथा, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी, सन्तोष लामाको कला निर्देशन, अर्जुन पोखरेलको संगीत छ ।

फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, सृष्टि खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपानेको अभिनय छ ।

ट्रेलरमा विशेषगरि आँचल र विवेकबिचको रोमान्स, लभ, धोका देखाइएको छ । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै अभिनेता किरण केसीले आफूले काम गरेका १०० भन्दा बढी फिल्ममध्ये यो एक/दुई नम्बरमा पर्ने बताए ।

निर्देशक चाम्सले पनि फिल्म दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । डेब्यु अभिनेता कर्माचार्यले फिल्मका लागि निकै मिहिनेत गरेको भन्दै सबै खालको भूमिका निर्वाह गर्न सहज लागेको तर्क गरे ।

अभिनेत्री शर्माले यो फिल्म दर्शकलाई विशेष खुराक हुने बताइन् । ट्रेलरमा उच्च क्यानभास देखाइएको छ । नेपाल र रोमानियाको लोकेसनमा खिचिएको फिल्मले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?