+
+

परराष्ट्र सचिव लम्साललाई राजदूत सिफारिस गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते २१:३२

३२ साउन, काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूत सिफारिस भएकी छन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लम्साललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो । यद्यपि शुत्रलबार सार्वजनिक मन्त्रिपरिषद्को निर्णयमा यसबारे केही उल्लेख छैन ।

कार्यालय स्रोतका अनुसार हाल बेल्जियमका लागि नेपाली राजदूत गजेन्द्र राजभण्डारीको कार्यकाल एक महिना मात्र बाँकी रहेकाले निर्णय सार्वजनिक नगरिएको हो ।

लम्साल २९ मंसिर २०८० मा परराष्ट्र सचिव नियुक्त भएकी थिइन् । पहिलो पहिला परराष्ट्र सचिव लम्सालको कार्यकाल बाँकी नै छ ।

तर सरकारले उनलाई राजदूत बनाएर सहसचिव अमृत राईलाई परराष्ट्र सचिव बनाउने तयारी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?