+
+

हेटौंडा उपमहानगरसँग ८ बुँदे सहमति, व्यवसायीको आन्दोलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते २१:४४

३२ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकासँग ८ बुँदामा सहमतिसँगै  व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् ।

शुक्रबार साँझ भएको छलफलमा उपमहानगरले मकवानपुर उद्योग वाणिज्य संघलगायतका व्यवसायिक संघसंस्थाहरुले उठाएका विषय आगामी नगरसभाबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

मउवा संघबाट आर्थिक वर्ष २०८१/८२ को करका दरको सम्बन्धमा १८ साउनमा बुझाएको पन पत्र र ३२ गते वार्ताको क्रममा पेश भएका मागका सम्बन्धमा ८ बुँदामा समझदारी गरिएको उपमहानगरका प्रवक्ता न्यौपानेले जानकारी दिए ।

यससँगै कर वृद्धिको विरोधमा १० दिनदेखि चलिरहेको आन्दोलन स्थगित गरिएको मउवा संघका उपाध्यक्ष उज्वल चौलागाईंले जानकारी दिए ।

सहमति पत्रमा उपमहानगरबाट मेयर मिनाकुमारी लामा, उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, उपमहानगरका प्रवक्ता सविन न्यौपाने र व्यवसायीको तर्फबाट मउवा संघका अध्यक्ष कष्ृणकुमार अग्रवाल गुप्ता, निर्माण व्यवसायी संघ अध्यक्ष बालगोपाल कंडेल, मउवा संघ उपाध्यक्षहरु उज्वल चौलागाईं, राजु अधिकारी, होटल एसोसिएसनका कल्याण पौडेलले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?