+
+

पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि तनाव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३२ गते २३:२७
विजय कृष्णमूर्ति जी महाराज

३२ साउन, काठमाडौं । पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि तनाव सिर्जना भएको छ । सादा पोशाकका केही प्रहरीहरु कोटिहोम स्थलमा पुगेपछि कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरुले प्रतिवाद गरेका थिए ।

आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिले आफूलाई प्रहरी पक्राउ गर्न आएको भन्दै समर्थकहरुलाई प्रतिवाद गर्न आह्वान गरेका छन् ।

फेसबुक लाइभमा आएका उनले विदेशीको इसारामा नेपाल प्रहरीले आफूलाई पक्राउ गर्न खोजेको आरोप लगाउँदै  बंगलादेशको आन्दोलन सल्किएको भड्काउ अभिव्यक्ति दिएका छन् ।

आज कोटिहोमको समापन थियो । समापनपछि राति प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी पुगेपछि समर्थकहरुले विजय कृष्णमूर्तिलाई घेरा हालेर राखेका थिए । उनीहरुले सरकार र प्रहरीविरुद्ध नाराबाजीसमेत गरे ।

काठमाडौं प्रहरीका एसएसएपी बसन्त रजौरेले कोटिहोम समापनपछि विजय कृष्णमूर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकाले सादा पोशाकका प्रहरी पुगेको तर उनका समर्थकहरुले प्रहरीमाथि हातपात गरेको बताएका छन् ।

प्रहरीमाथि हातपात गर्ने दुई जनालाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?