+
+

क्यानडा जाने विद्यार्थीलाई दूतावासले ७ सुझाव दिंदै भन्यो : डेरा र रोजगारी पाउन कठिन छ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १ गते ६:४९

१ भदौ, काठमाडौं । अध्ययनका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीका लागि दूतावासले ७ सुझाव दिंदै सचेत गराएको छ ।

अहिले विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएकोबारे दूतावासले स्मरण गराएको छ । त्यसैले क्यानडा जानुअघि बस्ने ठाउँको यकिन गर्न सुझाव दिएको छ ।

अटवास्थित नेपाली दूतावासले नयाँ शैक्षिक सत्रको सुरुआतको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै सबै कुराको जानकारी लिएर मात्रै क्यानडा आउन विद्यार्थीलाई सुझाव दिएको हो ।

यसअघि पनि दूतावासले वैशाखमा विज्ञप्ति जारी गर्दै क्यानडामा विद्यार्थीले आउनेवित्तिकै रोजगारी पाइन्छ भन्ने भ्रममा नपर्न भनेको थियो ।

यस्तै, दूतावासले जारी गरेका सूचना ( वेबसाइट, फेसबुक पेजमा उपलब्ध छन्) लाई ध्यान दिने, अध्ययन गर्ने कलेज रहेको सहर, खर्च र विषयका बारेमा पूर्ण जानकारी लिन सुझाव दिइएको छ ।

केही कलेजहरूले अतरंजित प्रचारप्रसार गर्ने भएकोले त्यसमा भरपर्दा समस्यामा पर्ने भएकोले पर्याप्त जानकारी लिन दूतावासले सुझाएको हो ।

यस्तै,  क्यानडा जानुअघि नै त्यहाँ रहेका आफन्त, साथीभाइहरु, पूर्वविद्यार्थीका सामाजिक सञ्जालका ग्रुप, सम्बन्धित सहरका एनआरएनएलगायत प्रवासी नेपालीका संघसंस्थाका साथ रोजगारीका सम्भावनाका बारेमा पनि जानकारी लिनु दूतावसाले सुझाव दिएको छ ।

नयाँ विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिएर आउन भन्दै दूतावासले अभिभावकलाई पनि  अध्ययन, आवास र खानेबस्ने खर्चको उचित प्रबन्ध मिलाएर मात्रै पठाउन सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?