+
+
क्याम्पसमा राजनीति :

कांग्रेस-माओवादी गठबन्धन विजयी, गाउँपालिकाका पूर्वअध्यक्षको हार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १ गते ९:१२
टिकाराज गिरी (ढाका टोपी) र गोकर्णबहादुर क्षेत्री ।

१ भदौ, बुटवल । रुपन्देहीको हरैया बहुमुखी क्याम्पस सञ्चालक समितिको चुनावमा राजनीतिक दलहरुले गठबन्धन गरेर प्यानलै बनाई चुनावी प्रतिस्पर्धा गरेका छन् ।

क्याम्पस सञ्चालक समितिको शुक्रबार भएको चुनावमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाको गठबन्धनबाट टिकाराज गिरीको प्यानलै विजयी भएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी र रास्वपाको समर्थन पाएको एमालेका उम्मेदवार कञ्चन गाउँपालिकाका पूर्वअध्यक्ष गोकर्णबहादुर क्षेत्रीको प्यानलै पराजित भएको छ ।

११ सदस्यीय संचालक समिति मध्ये क्याम्पस सभा सदस्यहरुबाट सात जनाका लागि भएको चुनावमा नेकपा एमाले नेतृत्वको गठबन्धनका सातैजना पराजित भए ।

निर्वाचन समितिका संयोजक रामजी आचार्यका अनुसार क्याम्पसका पूर्वप्राध्यापक समेत रहेका गिरीले १६७ मत प्राप्त गरी विजयी हुँदा पराजित क्षेत्रीले १४० मत प्राप्त गरे ।

निर्वाचनमा ३२६ क्याम्पस सभा सदस्य मध्ये ३०९ मत खसेको थियो । सदस्यहरुमा भानुभक्त भण्डारी, दिपक पौडेल, सागर शर्मा,भोजराज उपाध्याय,कृष्ण प्रसाद चालिसे, देबिलाल पौडेल,तिलकचन्द्र थापा निर्वाचित भएका छन् ।

एमाले नेता एवं प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालसमेत मतदाता रहेको उक्त चुनावमा मन्त्री ढकाल निकट गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका क्षेत्रीले चुनाव हारेपछि नेकपा एमाले रुपन्देहीभित्र तरंग आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?