+
+

गठ्ठाघर दुर्घटनाको छानबिन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १ गते १२:२४
दुर्घटनापछि आन्दोलित भएका स्थानीय ।

१ भदौं, काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्देशनपछि नभक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्व ४ सदस्यीय छानबिन समिति बनेको हो । निरौला नेतृत्वको समितिमा भक्तपुर परिसरमा कार्यरत प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल इन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकातर्फबाट तुलसी हरि कोइराला सदस्य रहेका छन् ।

दुर्घटनाका सम्बन्धमा सरोकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ ।

गृहमन्त्री लेखकले गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न महानिरीक्षक (आइजीपी) बसन्त कुँवरलाई निर्देशन दिएका थिए ।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै  ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको थियो ।

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमि वृत्तको जिम्मा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?