+
+

‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १ गते १३:०५

काठमाडौं । ‘भ्वाइस किड्स’को सिजन ३ ले आज विजेता प्राप्त गर्दैछ । शनिबार राती हुने फिनालेमा आठजना फाइनलिस्टबीच प्रतिस्पर्धा हुँदैछ ।

चारजना कोचका दुई/दुईजना उपाधिका लागि भिड्दैछन् । कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट छन् ।

कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ फाइनलिस्ट छन् भने कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा फाइनलमा भिड्नेछन् ।

बेलुका ७ बजेसम्म भोटिङ लाइन खुला रहेको र दर्शकले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्ने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ६ देखि १४ वर्ष उमेरसम्मका बालबालिकाले शोमा भाग लिएका छन् ।

फिनाले समारोहमा ‘भ्वाइस अफ नेपाल सिजन ६’को घोषणा हुने अपेक्षा गरिएको छ । ‘भ्वाइस किड्स’को ग्राण्ड फिनाले बेलुका ८ बजेदेखि हिमालय टिभीमा प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?