+
+

सोलुखुम्बुको थामेमा २ हिमताल फुटेपछि बाढी आएको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १ गते १७:३०

१ भदौ, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो ।

शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।

त्यस क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेको पाइएको अवलोकनमा गएकाहरुलाई उधृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् । ‘५ वटा हिमताल रहेकामा २ वटा फुटेको र २ वटा अझै जोखिममा रहेको उहाँहरुले बताउनुभएको छ’, पाण्डेले अनलाइनखबरसँग भनिन् ।

गाउँपालिका अध्यक्ष मिङ्मा छरि शेर्पाले भने अरु तालको जोखिम नदेखिएको बताए । ‘तल्लो क्षेत्रमा अझै बाढी आउने हो कि भन्ने डर छ तर त्यस्तो देखिएन’, उनले भने ।

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको छ ।

राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने अवलोकनमा गएको टोली शनिबार साँझ फर्केपछि विस्तृत जानकारी दिन सकिने बताएको छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?