+
+

शिक्षक संगठनले ईश्वर पोखरेललाई नबोलाएकामा ओलीको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १ गते १८:०८

१ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निकटको नेपाल राष्ट्रिय शिक्षक संगठनले आफ्नो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नबोलाएकामा असन्तुष्टि जनाएका छन् ।

आफूले कार्यक्रममा आउन नभ्याउने भनेर वरिष्ठ उपाध्यक्ष पोखरेललाई बोलाउन आग्रह गर्दा शिक्षक संगठनले नमानेको ओलीले बताए ।

‘मैले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलजीलाई यो कार्यक्रममा बोलाउनुस्, म सँग समय थोरै छ, म बोल्न पनि भ्याउँदिन भनेर आग्रह गरेको थिएँ, शिक्षक संगठनले त्यो नमान्नुपर्ने कुनै कारण थिएन’, ओलीले शनिबार कार्यक्रममा भने, ‘पार्टीका वरिष्ठ उपाध्यक्षलाई बोलाउन नमान्नुको कुनै कारण हुँदा पनि हुँदैन । मैले बुझ्या छैन किन नबोलाउनुभएको हो, मैले भनेर पनि नबोलाउनु भनेको अचम्मको कुरा हो ।’

ओलीले यो बेठीक भएको भन्दै यस्ता व्यवहार नगर्न शिक्षक संगठनलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?