+
+

शिक्षकको जागिरले घर चलाउन पनि पुग्दैन : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १ गते १८:२८

१ भदौ, काठमाडौं । प्रधानन्त्री केपी शर्मा ओलीले शिक्षकको जागिरले घर चलाउन पनि नपुग्ने टिप्पणी गरेका छन् ।

शनिबार पार्टी निकटको नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रममा उनले शिक्षकको जागिर घर चलाउन पुग्ने गरी छ भन्न नसक्ने बताए ।

‘शिक्षकको जागिर घर चलाउन पुग्नेगरीको छ भन्दिन म, घर चलाउन पनि नपुग्नेगरीको हुन्छ’, उनले यस्तो परिस्थितिमा पनि पैसा वचत गरेर नेपाल राष्ट्रिय शिक्षक संगठनले घर बनाएको भन्दै प्रशंसा गरे ।

अहिले मुलुकको अर्थतन्त्र असहज र अप्ठ्यारो स्थितिमा रहेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो अवस्थामा पनि अर्थतन्त्रले धान्ने गरी सुधारको काम गर्नुपर्ने बताए । ‘म साथीहरुलाई आग्रह गर्न चाहन्छु हामी हरेक जिम्मेवार छौं, जिम्मेवारीवोधका साथ चल्छौं र चल्ने परिपाटी बसाउँछौं’, उनले भने ।

शिक्षकले विद्यालय मात्र नभई बाहिर पनि काम गर्नुपर्ने भन्दै ओलीले यसलाई कतिपयले नबुझेर राजनीति गरेको भन्ने टिप्पणी गरेको बताए ।

‘तपाईंहरुको विद्यालयमा मात्र होइन, बाहिर पनि काम हुन्छ, सामाजिक उत्तरदायित्व हुन्छ, घरमा पनि उत्तरदायित्व छ । त्यसकारण नबुझ्ने मान्छेले सामाजिक उत्तरदायित्व बुझ्दैन र राजनीति गरेको आरोप लगाउँछ, अहिले परिस्थिति अलि बदलिएको छ’, प्रधानमन्त्रीले भने ।

तर यस्ता कुरामा चिन्ता लिनु नपर्ने भन्दै उनले कुनै समस्या भए सरकार र शिक्षकले संवाद गरेर समाधान गर्न सकिने बताए ।

आफू नेपाल राष्ट्रिय शिक्षक संगठन गठन भएदेखि नै शिक्षकको पक्षमा आवाज उठाउँदै आएको भन्दै प्रधानमन्त्री ओलीले पदमा नहुँदा पनि व्यक्तिगत रुपमा पनि शिक्षकको पक्षमा काम गरेको बताए ।

शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधार र बनाउनुपर्ने ऐन कानुनहरु आपसी सहमतिमै गरिने ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?