+
+

‘जेद्दा सिजन २०२४’मा ब्याण्डसहित गुञ्जिए प्रमोद खरेल (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १ गते १८:२७

काठमाडौं । गायक प्रमोद खरेल र उनको ब्याण्ड ‘परम्परा’ साउदी अरबको प्रसिद्ध मनोरञ्जन मेला ‘जेद्दा सिजन २०२४’मा गुञ्जिएको छ । साउदी सरकारले आयोजना गर्ने उक्त फेस्टिभल वर्षेनी एक महिना चल्छ ।

नेपालसहित ८ वटा एसियाली मुलुकका कलाकारले आ-आफ्नो मुलुकको परम्परा, वैभवता र संस्कृतिक झल्काउने प्रस्तुति दिएका थिए । विहिबार खरेल र उनको ब्याण्डले दुई घण्टा लगातार दर्शकलाई नचाए ।

यो कल्चरल कन्सर्टमा उनले आफ्ना हिट गीतसहित नेपाली लोकसंस्कृतिक र मौलिकता झल्काउने लोकप्रिय गीतको म्यासअप सुनाए । यसवर्षको संस्करणमा एसियाली मुलुकलाई लक्षित गर्दै ‘कल्चरल ओडिसी’ कार्यक्रम तय गरिएको थियो ।

नेपालबाहेक भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इण्डोनेसिया र फिलिपिन्सका कलाकारले पनि प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?