+
+

परराष्ट्रमन्त्री देउवाको भारत भ्रमण भोलिदेखि, विदेशमन्त्री जयशंकरलाई भेट्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १ गते १९:५४

१ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणमा जाने भएकी छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले १८ देखि २२ अगस्ट अर्थात २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने जानकारी गराएको छ ।

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

उच्च तहको नियमित भ्रमण आदान प्रदानले नेपाल र भातबीचको वषौं पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयले बताएको छ । परराष्ट्रमन्त्री देउवा ६ भदौमा फर्किने कार्यक्रम छ ।

हेर्नुहोस् परराष्ट्र मन्त्रालयको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?