+

स्यान्टु र एरिकालाई वर्ष उत्कृष्ट खेलाडीको अवार्ड

२०८१ भदौ  १ गते १९:१७ २०८१ भदौ १ गते १९:१७
स्यान्टु र एरिकालाई वर्ष उत्कृष्ट खेलाडीको अवार्ड

१ भदौ, काठमाडौं । टेबलटेनिसका स्यान्टु श्रेष्ठ र करातेकी एरिका गुरुङलाई हाम्रो खेलकुद वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।

शनिबार हाम्रो खेलकुद डटकमको नवौं वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा दुबै खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित समा्न गरिएको हो । देश बाहिर हुँदा स्यान्टु अवार्ड कार्यक्रममा थिएनन् । उनको अवार्ड प्रशिक्षक राजेन्द्र कपालीले लिएका थिए ।

स्यान्टु छनोट यात्रा पार गर्दै ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । तीन महिनाअघि लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पेरिस ओलम्पिक २०२४ को दक्षिण एसियाली छनोटमा पुरूषतर्फ फाइनलमा नेपाली संयोग कपालीलाई ४-३ सेटले हराउँदै ओलम्पिकमा पुगेका थिए ।

सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोकी संगीना वैध र २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोका दीपक विष्ट पछि छनो चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्।

कराते खेलाडी एरिका गुरुङले १९ औं एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहमा रजत पदक प्राप्त गरेकी थिइन् । एसियाडमा एरिका करातेबाट रजत जित्ने पहिलो खेलाडी हुन् । सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै रजत पदक पक्का गरेकी थिइन् ।

फाइनलमा ओलम्पिक पदकधारी कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित भएपछि ऐतिहासिक स्वर्ण जित्न चुकेकी थिइन् । नेपालमा सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङ टोलीले रजत पदक ल्याएका थिए । सुदीप मिडिया एन्ड इभेन्टस प्रालिको हाम्रो खेलकुद डटकम २०७२ साउन १९ गतेबाट सन्चालनमा आएको हो ।

एरिका गुरुङ खेलाडी अवार्ड स्यान्टु श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय