+
+

पहिलो लिगलिग महोत्सव १७ असोजदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १ गते २०:०१

१ भदौ, गोरखा । पालुङटार नगरपालिकाको ऐतिहासिक स्थल लिगलिगकोटमा प्रथम लिगलिग महोत्सव एवं लिगलिगे दौड प्रतियोगिता हुने भएको छ ।

असोज १७ गतेदेखि महोत्सव हुन लागेको शुक्रबार पालुङटार नगरपालिकाले पत्रकार सम्मेलन गरी नाएको छ ।

नगरपालिकाको पर्यटन क्षेत्र विकास समिति मार्फत हुन लागेको उक्त महोत्सव पाँच दिनसम्म चल्ने समिति संयोजक समेत रहेका नगर प्रमुख विवश चिन्तनले बताए ।

स्थानीय कला, संस्कृति, र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उनले जानकारी दिए । ‘पहिलो पटक महोत्सव गर्न लागेका हौ’, उनले भने, ‘महोत्सवमा लिगलिग क्षेत्रका ऐतिहासिक तथा सांस्कृतिक परम्परासँग सम्बन्धित प्रदर्शनी, हस्तकला र शिल्पकला प्रदर्शनी, स्थानीय परम्परागत नृत्य तथा संगीत प्रस्तुत हुनेछ ।’ शैक्षिक, कृषिजन्य तथा खाना प्रदर्शनीसमेत रहेको उनको भनाइ छ ।

महोत्सवमा परम्परागत पिङ रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङको मज्जा लिन सकिने छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहनेछ । गोरखासँगै तनहुँ, लमजुङ लगायतका जिल्लाबाट महोत्सव अवलोकन गर्न आउने अपेक्षा नगरपालिकाको छ । महोत्सव तथा लिगलिगे दौडका लागि नगरपालिकाले यो बर्ष ८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

महोत्सवको अन्तिम दिन असोज २१ गते चेपेघाटदेखि लिगलिगकोटसम्म १२ औं खुल्ला लिगलिगे दौड प्रतियोगिता हुने नगर प्रमुख चिन्तनले बताए । यसअघि लिगलिगकोट विकास अभियानले गर्दै आएको प्रतियोगिता यस बर्षबाट नगरपालिकाले गर्ने उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?