+

प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात

२०८१ भदौ  १ गते २०:२४ २०८१ भदौ १ गते २०:२४
प्रिमियर लिगमा लिभरपुलको विजयी सुरुवात

१ भदौ, काठमाडौं । लिभपुरलले प्रिमियर लिगको नयाँ सिजन २०२४-२५ मा विजयी सुरुवात गरेको छ । शनिबार भएको सिजनको पहिलो खेलमा लिभरपुलले नवप्रवेशी इप्सविच टाउनलाई २-० ले हराउँदै ३ अंक जोडेको हो ।

लिभरपुलका लागि मोहमद सलाहले एक गोल गरे भने उनकै सहयोगमा डिएगो जवटाले एक गोल गरे ।

इप्सविच टाउनको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ६०औं मिनेटमा डिएगो जोटाले मोहमद सलाहको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि नै सलाहले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन ।

प्रिमियर लिग फुटबल लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय