+

प्रिमियर लिगमा हाभार्ट र साकाको गोलमा आर्सनलको विजयी सुरुआत

२०८१ भदौ  २ गते ६:४३ २०८१ भदौ २ गते ६:४३
प्रिमियर लिगमा हाभार्ट र साकाको गोलमा आर्सनलको विजयी सुरुआत

२ भदौ, काठमाडौं । आर्सनलले प्रिमियर लिग २०२४-२५ मा विजयी सुरुआत गरेको छ ।

काऐ हाभार्ट र बुकायो साको गोल मद्दत साविक उपविजेता आर्सनलले वल्भसलाई २-० ले हराउँदै सिजनको पहिलो खेलमै ३ अंक जोडेको हो ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले दुवै हाफमा एक/एक गोल गरेको थियो ।

खेलको २५औं मिनेटमा हाभार्टले साकाको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसपछि साकाले ७४औं मिनेटमा गोल गरे र त्यसका लागि हाभार्टले नै असिस्ट गरेका थिए ।

लिगअन्तर्गत शनिबारै भएका खेलमा ब्राइटनले एभरटनलाई ३-० ले पराजित गर्दै सानदार सुरुआत गरेको छ ।

ब्राइटनका लागि काओरु मितोमा, ड्यानी वेलब्याक र सिमोन अड्रिङ्ग्राले एक/एक गोल गरे ।

यस्तै न्युकासल युनाइटेडले साउथह्याम्पटनलाई १-० ले पराजित गर्‍यो ।  फाबियनसारले २८औं मिनेटमा रातो कार्ड पाएपछि न्युकासल दश खेलाडीमा समेटिएपनि जोएलिन्टनले ४५औं मिनेटमा गरेको गोल नै ३ अंक जोड्न निर्णायक बन्यो ।

नटिङहम फरेस्ट र बर्नमाउथले १-१ को बराबरी खेलेका छन् । फरेस्टले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्‍यो ।

खेलको २३औं मिनेटमा क्रिस उडले गोल गर्दै नटिङहम फरेस्टलाई अग्रता दिलाएका थिए । तर, खेल सकिन चार मिनेट अघि एन्टोइन सेमेन्योले बर्नमाउथका लागि बराबरी गोल फर्काए । त्यसअघि डाङ्गो बउटाराले ३२औं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता नदिँदा बर्नमाउथले बराबरी गर्ने अवसर गुमाएको थियो ।

बराबरीपछि दुवै टोलीले समान एक अंक जोडेका छन् ।

आइतबारै चाडै भएको खेलमा लिभरपुलले नवप्रवेशी इप्पविच टाउनलाई १-० ले हराएर विजयी सुरुआत गरिसकेको छ ।

आर्सनल प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय