+
+

रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते ७:३६

२ भदौ, काठमाडौं । रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ । तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ ।

अधिकारीहरुका अनुसार आइतबार बिहान करिब सात बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पपछि शिवलुच क्षेत्रमा ज्वालामुखी विष्फोट भएको रुसको सरकारी सन्चार माध्यम तासले जनाएको छ । त्यसबाट निस्किएको खरानी समुद्री सतहबाट करिब आठ किलोमिटर माथिसम्म फैलिएको छ । त्यहाँबाट लावा पनि बाहिरिएको छ ।

सीएनएनका अनुसार शिवलुच ज्वालामुखी भूकम्पको केन्द्र पेट्रोपावलोव्स्क–कामचत्स्कीबाट करिब २८० माइल टाढा छ । पेट्रोपावलोव्स्क–कामचत्स्की तटीय शहर हो । यहाँ करिब १ लाख ८१ हजार जनसंख्या छ । यो कामचटका प्रान्तमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?