+
+

बन्ध्याकरणपछि पनि बच्चा जन्मिएपछि अस्पतालविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते ८:२९

काठमाडौं । स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गरिसकेपछि पनि बच्चा जन्मिएको भन्दै एकजना रुसी पुरुषले अस्पताल विरुद्ध मुद्दा हाल्ने भएका छन् ।

चारवटा बच्चा जन्माएपछि भ्यासेक्टोमी गरेका ती व्यक्तिको बन्ध्याकरणपछि पाँचौँ बच्चा जन्मिएसँगै उनी आफ्नो भ्यासेक्टोमी गरिदिने अस्पताल विरुद्ध अदालत जाने तयारी गरेका हुन् ।

रुसको उफा सहरका ४५ वर्षीय म्याक्सिम नामका ती पुरुषले आफ्नो चौथो बच्चा भएसँगै सन् २०२२ मा भ्यासेक्टोमी गरेका थिए ताकि उनकी पत्नी पुनः गर्भवती नहोउन् । त्यसका लागि उनी स्थानीय प्रोमेडिटसिना नामक बन्ध्याकरण क्लिनिक गएका थिए । जहाँ ३० हजार रुबल्स तिरेर उनले शल्यक्रिया गराएका थिए ।

सो शल्यक्रिया सफल भएको थियो र उनलाई केही घण्टामै क्लिनिकले डिस्चार्ज गरेको थयो । सबै चिज सामान्य रुपमा अघि बढिरहेको थियो । तर गत वर्ष उनकी पत्नीले एक्कासी आफु गर्भवती भएको बताएपछि उनी झसँग भए । अन्ततः गत नोभेम्बरमा उनकी पत्नीले पाँचौँ बच्चा जन्माइन्।

त्यसपछि उनी आफ्नो भ्यासेक्टोमी गरिदिने क्लिनिकमा गए र शल्यक्रियापछि पनि किन बच्चा रह्यो भनेर सोधे ? तर सो अस्पतालले उल्टै बच्चाको पितृत्व र उनको विर्यजाँच गर्न सुझाव दियो । उनले ती दुबै परीक्षण गर्दा बच्चा उनकै रहेको र उनी अझै पनि उच्च प्रजननशील रहेको पत्ता लाग्यो ।

अस्पतालले भ्यासेक्टोमीमा आफ्नो गल्ती भएको स्वीकार गर्नुको साटो त्यसलाई चिकित्सा क्षेत्रको चमत्कार भएको भन्दै त्यसरी बाबुु बन्न सफल भएकोमा गर्व गर्न भन्यो । साथै अस्पतालले उनलाई विवाद अगाडि नबढाउन भन्दै शल्यक्रिया गर्दा लागेको ३० हजार रुबल्स फिर्ता गर्ने बतायो ।

तर म्याक्सिमले भने अस्पतालको त्यस्तो प्रस्ताव अस्वीकार गरे । उनी र उनको परिवार सो क्लिनिक विरुद्ध क्षतिपूर्तिको माग गर्दै अदालतमा जाने निर्णय गरेका छन् ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?