+
+

बागमतीमा बेपत्ता बंगलादेशी नागरिक खोज्न गोताखोर परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते ९:००
फाइल फोटो ।

२ भदौ, काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बागमती खोलामा शनिबार फोटो खिच्ने क्रममा खसेर एक बंगलादेशका नागरिक बेपत्ता भएका छन् । उनको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली आजबाट खटिएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेपत्ता बंगलादेशका नागरिकको खोजीका लागि सशस्त्र प्रहरीको नं.२० विपद्‌ उद्धार गणबाट ४ जना गोताखोरसहित १० जनाको टोली खटिएको छ ।

त्यस्तै शनिबार साँझ करिब ७ बजे भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ६ र ७ मा पर्ने रानी झुल्ला जंगलमा घुम्न गएकाबेला हराएका ४ जना भारतीय र १ जना नेपाली नागरिक फेला परिसकेको थापाले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीको नं. २२ गुह्वेश्वरी गणबाट खटिएको टोलीले उनीहरूलाई राति पौने १ बजेको समयमा फेला पारेर खरिपाटी प्रहरी वृत्तमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?