+
+

सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १२:३५
प्रहरीले बरामद गरेका गहनाहरू ।

२ भदौ, जनकपुरधाम ।  सिरहामा सुनचाँदीका गहनासहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको आरूबोटे नगरपालिका ५ बाजघरा घर भई हाल झापाको दमक स्थितमा डेरा गरी बसिरहेका २८ वर्षीय रोशन बराइली रहेका छन् ।

उनललाई प्रहरीले सिरहा नगरपालिका ७ महिसोथाबाट प्र १–०१–०१४प ४६२५ नम्बरको मोटरसाइकलमा गइरहेको बेला अवैध गहनासहित पक्राउ गरेको हो ।

बराइलीले बोकेको झोलाबाट हरियो पोतेमा जडित सुनका १८ थान माला, ३० थान रातो पोतेमा जडित माला, ५ थान सेतो मोती जडित माला, ६ थान खुल्ला चन्द्रमा, पोतेमा जडित चक्र थान चक्र, पोतेमा जडित मंगलसुत्र एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्ति सापकोटाले जानकारी दिए ।

बरामद सुन तौल गर्दा जम्मा २६.५ ग्राम रहेको प्रहरीले जनाएको छ । उक्त गहना अवैध रहेको प्रहरीको दाबी छ ।

यस्तै सुनका बाला-६४ थान, ब्रासलेट-११ थान, चुरा २९ थान र रड १ थान गरी २ किलो ६५२.४ ग्राम बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?