+
+

‘स्त्री २’ पछि ‘क्रिस ४’ मा देखिंदै श्रद्धा कपुर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १२:३२

काठमाडौं । श्रद्धा कपुरको शीर्ष भूमिका रहेको फिल्म ‘स्त्री २’ ले यतिबेला भारतीय बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । यो हरर-कमेडी फिल्मले तीन दिनमा १४४ करोड भारु कमाएको छ ।

‘स्त्री २’ को सफलता लगत्तै अभिनेत्री कपुरलाई दर्शकले अर्को प्रतीक्षित फिल्ममा हेर्न पाउनेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले बलिउड सुपरहिरो फिल्म ‘क्रिस ४’ मा अभिनेता ऋतिक रोशनसँग अनस्क्रिन रोमान्स गर्दैछिन् । यो खबरले फ्यानमाझ उत्साह जगाएको छ ।

टाइम्स नाउको पछिल्लो समाचारअनुसार फिल्म ‘क्रिस ४’ का निर्माताले श्रद्धालाई फिल्मको लिड–लेडी भूमिकाका लागि प्रस्ताव गरेका छन् । मिडियामा यो खबर आइसकेपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।

रोशन परिवारले श्रद्धालाई सधैं आफ्नो मनमा राखेजस्तो देखिन्छ । यसको पुष्टि केही साताअघिको एक पोस्टबाट अड्कल लगाउन सकिन्छ । श्रद्धाले सामाजिक सञ्जालमा एउटा सेल्फी पोस्ट गरेकी छन्, जसको क्याप्सनमा खुसी झल्किएको थियो ।

श्रद्धाले पोस्टको क्याप्सनमा लेखेकी छन्, ‘जादुयी जस्तो धुपको जरुरी छ ।’ उनको यो पोस्टमा फ्यानले प्रतिक्रिया दिएका छन् । यसमा अभिनेता ऋतिक रोशनले पनि प्रतिक्रिया जनाएका थिए । ऋतिकले लेखेका छन्, ‘उनी आउँदैछन् । उनलाई हामी भन्छौं ।’ यसमा श्रद्धाको जवाफ थियो, ‘साँच्चै ? कहिले के ? कहाँ ? मलाई भन्नुहोस् ।’

मिडिया रिपोर्ट अनुसार सिद्धार्थ आनन्दले ‘क्रिस ४’ निर्देशन गर्न सक्नेछन् । ऋतिक र सिद्धार्थले यसअघि पनि धेरै पटक सँगै काम गरिसकेका छन् । दुवैले ‘ब्याङ ब्याङ’, ‘वार’ र ‘फाइटर’मा काम गरेका थिए । जसमध्ये ‘वार’ र ‘फाइटर’लाई दर्शकले रुचाएका थिए ।

यी फिल्मले बक्स अफिसमा पनि करोडौंको कलेक्सन गरेका थिए । फिल्म ‘कोइ मिल गया’ को पहिलो भाग सन् २००३ मा रिलिज भएको थियो । जसमा ऋतिक र प्रीति जिन्टाले मुख्य भूमिका निर्वाह गरेका थिए । दोस्रो भागको नाम ‘क्रिस’ थियो, जुन २००६ मा रिलिज भएको थियो ।

जसमा प्रीति जिन्टाको सट्टामा प्रियंका चोपडा मुख्य भूमिकामा थिइन् । फिल्म ‘क्रिस ३’ को तेस्रो भाग धेरै वर्षपछि २०१३ मा रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?