+
+

१९७४ एडीको तीन दशक : जर्मनी र अस्ट्रेलियामा गुञ्जिंदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १२:४३
गत साता जापानको क्योटो कन्सर्टमा ब्याण्ड

काठमाडौं । पपब्याण्ड १९७४ एडी यतिबेला ३० औं वर्षगाँठ मनाउँदै छ । यसै सन्दर्भमा ब्यान्डले विश्वव्यापी कन्सर्ट टुरको आयोजना गरिरहेको छ । मे र जुनमा अमेरिकाबाट सुरु भएको उसको यात्रा सेप्टेम्बरमा अस्ट्रेलियामा पुग्दैछ ।

६ अमेरिकी सहर र अगस्टमा जापानको टोकियो र क्योटो सहरमा कन्सर्ट सम्पन्न भइसकेको छ । जर्मनी टुरपछि सेप्टेम्बर ४ देखि २१ सम्म सात अस्ट्रेलियाली सहरमा कन्सर्टको तयारी छ ।

जसअनुसार ४ सेप्टेम्बरमा ब्रिसबेन, ८ सेप्टेम्बरमा पर्थ, ९ सेप्टेम्बरमा मेलबर्न, १२ सेप्टेम्बरमा एडिलेड, १४ सेप्टेम्बरमा होबर्ट, १९ सेप्टेम्बरमा क्यानबेरा र २१ सेप्टेम्बरमा सिड्नीमा कार्यक्रम हुनेछ ।

सन् २०१९ मा ब्याण्ड पुनः एक भएसँगै विश्वयात्रामा निस्किने तयारी गरेको भए पनि कोभिड महामारीले रोकिएको थियो । ३० औं वर्षगाँठको अवसरमा विश्वभर छरिएका फ्यानसम्म प्रस्तुति पुर्‍याउन पाउँदा खुसी लागेको ब्याण्ड सदस्य सञ्जय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ब्याण्ड पुरानै लाइनअपमा अमेरिका करिब २२ वर्षपछि पुगेको थियो । ३० वर्षको यात्रामा धेरै उतारचढाव झेलेको भएपनि अहिले एकसाथ नयाँ र पुराना फ्यानसँग जोडिन पाउँदा खुसी अनुभव भएको ब्याण्डका संस्थापक निराकार याकथुङ्बाले बताए ।

३० वर्ष पुगेकै अवसरमा ब्याण्डले केही समयअगाडि आफ्नो ‘हजार सपना’ गीतको भिडियो पनि बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?