+
+

‘लाज शरणम्’बाट फिल्ममा डेब्यु गर्दै ‘सक्किगो नि’की मुन्नी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १३:३८

काठमाडौं । ‘सक्किगो नि’ टिभी सिरियलकी चर्चित कलाकार मुन्नी दर्शकमाझ लोकप्रिय छिन् । खास नाम प्रियना आचार्य भएपनि दर्शकले उनलाई मुन्नीकै भूमिकामा बढी चिन्छन् ।

मुन्नीका फ्यानलाई यतिबेला नयाँ खबर छ । सिरियलकै टिमले बनाउन लागेको कथानक फिल्म ‘लाज शरणम्’बाट मुन्नीले ठूलो पर्दामा डेब्यु गर्ने भएकी छन् ।

निर्माण कम्पनी जेपीटी क्रियसनले महत्वपूर्ण भूमिकामा मुन्नीलाई साइन गरिएको जनाएको हो । एक सातादेखि निर्माताले फिल्मको कास्टिङ लाइनअप सार्वजनिक गरिरहेका छन् ।

शनिबारको सामाजिक सञ्जाल पोस्टबाट निर्माताले मुन्नीको कास्टिङबारे जानकारी दिएका हुन् । यो सोसल तथा कमेडी फिल्मलाई जिग्री ब्रो उर्फ कुमार कट्टेलले निर्देशन गर्दैछन् ।

यो फिल्ममा विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, सागर लम्साल बले, अर्जुन घिमिरे पाँडे, कमलमणि नेपाल, बबिन राई उर्फ गल्फने बाजे, माला लिम्बू, मुकुन्द श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय हुनेछ ।

भदौ तेस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मको निर्मातामा नवीन श्रेष्ठ र सहनिर्मातामा रामनरेश शाह छन् । महाशिवरात्रीको अवसरमा फागुन १४ गतेदेखि फिल्म देशव्यापी प्रदर्शन हुने जनाइएको छ । मुन्नीले म्युजिक भिडियोमा पनि अभिनय गर्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?