+
+

७७ वटै जिल्लामा पुग्यो टेलिकमको एनटी फाइबर सेवा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १३:५४

काठमाडौं । नेपाल टेलिकमले हुम्लाको सदरमुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भर्चुअल रूपमा ३२ साउनमा सो सेवाको शुभारम्भ गरेका हुन् । यससँगै नेपाल टेलिकमको एनटी फाइबर सेवा ७७ वटै जिल्लामा पुगेको छ ।

सिमकोटमा एनटी फाइबर सेवा शुभारम्भ गर्दै मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालयसम्म दूरसञ्चार सेवा पुर्‍याउन नेपाल टेलिकमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

७७ वटै जिल्लामा फाइबर सेवा पुग्नु उपलब्धिमूलक कार्य भएको भन्दै उनले यसबाट आगामी दिनमा अझै महत्त्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा सरकारले गरेको बताए ।

नेपाल टेलिकम सञ्चालक समिति अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले कम्पनी र सरकारका लागि यो महत्त्वपूर्ण दिन भएको बताइन् ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पहिले कपर प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध भइरहेकोमा अब अन्य जिल्लामा जस्तै हुम्ला जिल्लामा पनि फाइबरबाट इन्टरनेट सेवा उपलब्ध हुने र सेवामा पनि स्तरोन्नति हुने बताइन् ।

सेवा शुभारम्भ कार्यक्रममा प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुल लामा, नेपाल टेलिकमका उच्च पदस्थ अधिकृत लगायत सहभागिता थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?