+
+

पुँजी बजारको विकाससम्बन्धी विधेयक संसदमा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १४:०९

२ भदौं, काठमाडौं। धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधि सभामा दर्ता भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालैयो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।

अर्थमन्त्री पौडेलका अनुसार पुँजी परिचालन तथा पुँजी बजारको विकास, लगानीकताएको हित, संरक्षण एवं नियमन लगायतका कार्यको लागि विधेयक ल्याइएको हो ।

नियामक निकायको रुपमा धितोपत्र ऐन २०६३ बमोजिम स्थापित नेपाल धितोपत्र बोर्डले संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारलाई व्यवस्थित र नियमन लगायतका कार्य गर्दै आइरहेको छ ।

विधेयक ल्याउनुपर्नाको कारणबारे अर्थमन्त्री पौडेलले भनेका छन्, ‘धितोपत्र निष्कासन र व्यवस्थित कारोबार तथा धितोपत्र बजारको प्रभावकारी नियमन गर्न विद्यमान कानुनी व्यवस्थालाई समसामयिक संशोधन गर्न आवश्यक भएकोले … ।’

मुलुकको आर्थिक विकासको लागि छरिएर रहेको पुँजी परिचालन गरी पुँजी बजारको विकास तथा प्रभावकारी नियमन गर्न आवश्यक भएकोले विधेयक ल्याएको अर्थमन्त्री पौडेलले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?