+
+

गत आर्थिक वर्षको मूल्यवृद्धि ५.४४ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १४:११

२ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा देशको मूल्यवृद्धि दर ५.४४ प्रतिशत कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदनअनुसार यस्तो मूल्यवृद्धि अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा २.३ प्रतिशत विन्दुले घटेको हो । अघिल्लो आर्थिक वर्षमा मूल्यवृद्धि ७.७४ प्रतिशत थियो ।

असार महिनाको मूल्यवृद्धि औसतभन्दा न्युन देखिन्छ । गत असारमा उपभोक्ता मूल्यवृद्धि ३.५७ प्रतिशत मात्रै देखिन्छ । जबकि २०८० असारमा मूल्यवृद्धिदर ७.४४ प्रतिशत थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ र तरकारीको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप– समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप–समूहको मूल्य सूचकाङ्क ०.८२ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?