+
+

रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग सहकारी छानबिन समितिले गर्‍यो सोधपुछ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १४:२४

२ भदौं, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्यसँग सोधपुछ गरेको छ ।

आइतबार समितिले आचार्यसँग सोधपुछ गरेको हो । सिंहदरवारस्थित समितिको सभाकक्षमा आचार्यसँग सोधपुछ गरिएको समिति सचिवालयले जनाएको छ ।

सहमहामन्त्री आचार्यले गोर्खा मिडियाका लागि कास्कीको पोखरास्थित सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ लिएको आरोप छ ।

साथै उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको जिल्ला अदालत रुपन्देहीमा दायर भएको अभियोगपत्रमा समेत उल्लेख गरिएको छ ।

अभियोग पत्रको कैफियतमा ‘संस्थाको बचत सदस्य उल्लेख गरी विपिन कुमार आचार्यको नाममा कुनै प्रकृया पूरा नगरी ऋण लगानी गरेको भौचर सदर गर्ने सागर केसी र रकम जम्मा गर्ने सुनिता पुन’ भन्ने उल्लेख छ ।

अभियोग पत्रमा उल्लेख भए अनुसार २०७७ कात्तिक ६ विपिन कुमार आचार्यको नोबडी प्रोडक्सन कम्पनीको एनआईसी एशिया बैंकको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेको देखिएको छ । उनीबाट सहकारीलाई साँवा ब्याज केही पनि प्राप्त नभएको आरोपपत्रमा उल्लेख छ ।

रास्वपाको सह-महामन्त्री आचार्य रवि लामिछानेसँगै ग्यालेक्सी टेलिभिजनमा काम गर्थे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?