+
+

अध्ययन र भ्रमणमा विदेश जाने नेपालीले लगे पौने २ खर्ब

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १४:३०

२ भदौ, काठमाडौं । नेपालबाट अध्ययन र भ्रमणमा जाने नेपालीसँगै पौने २ खर्ब रुपैयाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कुल १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ भ्रमण व्यय देखिन्छ । जसमा शिक्षा र भ्रमण दुवैका लागि विदेशिएको रकम जोडिन्छ ।

केन्द्रीय बैंकका अनुसार एक वर्षमा अध्ययनमा जानेका माध्यमबाट १ खर्ब २५ अर्ब रुपैयाँ विदेशिएको छ ।

उता, नेपालबाट विदेश घुमफिरमा जाने नेपालीले ६४ अर्ब ३० करोड रुपैयाँ बराबर विदेशी मुद्रा खर्च गरेका छन् । अघिल्लो आव २०७९/८० मा भ्रमण व्यय १ खर्ब ४४ अर्ब रुपैयाँ थियो । जसमध्ये शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड थियो । उक्त आव घुमफिरमा जानेले ४४ अर्ब रुपैयाँ खर्च गरेका थिए ।

एक वर्षमा विदेशी पर्यटकबाट भने नेपालले ८२ अर्ब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आव यस्तो आम्दानी ६२ अर्ब ३० करोड रुपैयाँ थियो ।

उता, खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा देखिन्छ । नेपाल भित्रिने भन्दा बाहिरिने रकम धेरै हुँदा सेवा आय घाटामा थियो । तर, सेवा आय घाटा भने कम भएको छ ।

राष्ट्र बैंकका अनुसार खुद सेवा आय २०७९/८० मा ७९ अर्ब ८९ करोड रुपैयाँ घाटामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?