+
+

‘द पर्पल बुक अफ ट्याक्स’ को सातौं संस्करण बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १०:३५

काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट (सीए) शेषमणि दाहालको पुस्तक ‘द पर्पल बुक अफ ट्याक्स’ को सातौं संस्करण बजार आएको छ ।

यो पुस्तकमा आर्थिक ऐन २०८१ ले संशोधन गरेको आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन, भन्सार ऐन, भन्सार महसुल ऐन र अन्तःशुल्कका व्यवस्था सरल तरिकाले बुझाइएको छ ।

आर्थिक ऐन मार्फत लगाइएका सबै कर, महसुल, दस्तुर, शुल्क तथा रोयल्टी साथै आर्थिक ऐन २०८१ मार्फत करमा दिइएका छुट तथा सहुलियत समेत पुस्तकमा छुट्टाछुट्टै समावेश छ ।

आयकर तथा मुल्य अभिवृद्धि कर निर्देशिकाले गरेका विशेष कानुनी व्याख्याहरु ऐनका व्यवस्थासँगै मिलाएर राखेका कारणले पाठकलाई कानुन पढ्न र बुझ्न सरल हुने विश्वास लेखक दाहालले व्यक्त गरे ।  पुस्तकमा आन्तरिक राजस्व विभागले जारी गरेका परिपत्र, पूर्वादेश तथा सर्वोच्च अदालत तथा राजस्व न्यायाधीकरणले करसम्बन्धी मुद्दामा गरेका महत्वपूर्ण व्याख्या तथा फैसलाहरुलाई ऐनका दफा सँगै मिलाएर राखिएको छ ।

यो पुस्तक दराज अनलाइन सप तथा पुस्तक पसलहरुमा उपलब्ध रहेकाे लेखकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?