+
+

कांग्रेस र एमालेबीचको सहमति राष्ट्रिय सहमति हुन सक्दैन : बेदुराम भुसाल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १४:४२

२ भदौं, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय संविधान संशोधनको विषय चर्चा भइराखेको र यसको पृष्ठभूमिमा कांग्रेस र एमालेका बीचमा संविधान संशोधन गर्नेसहितको समझदारी रहेको भनिएको उल्लेख गर्दै उनले दुई दलका बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताए ।

‘दुई दलका बीचको सहमतिलाइ र राष्ट्रिय सहमति भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । यो कदापि हुन सक्दैन्’ भुसालले दोहोर्‍याए, ‘दुई दलका बीचको सहमति राष्ट्रिय सहमति हुन सक्दैन।’

संविधान संशोधन के विषयमा गर्न खोजेको त्यो प्रष्ट नगरी संशोधनको बहस चलाउनुको पनि अर्थ नरहेको उनले बताए ।

‘संविधान संशोधन के उदेश्यले गर्ने हो ? कस्तो संशोधन गर्ने हो ? के का निम्ति संशोधन गर्ने ? कि अहिले भनिए जस्तै दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन हो ? कि समानुपातिक समावेशी सहभागितामुलक जुन लोकतान्त्रिक प्रणाली हामीले स्थापना गरेका छौं यसलाई तोड्नका निम्ति हो ? भत्काउनका निम्ति हो ?’ उपाध्यक्ष भुसालको प्रश्न छ ।

दुई दलका बीचमा सहमति भयो भनेर संविधानका मूलभुत मर्ममाथि प्रहार गर्न नपाइने उनले बताए । यदि संविधानको मर्ममाथि प्रहार गर्न खोजिए त्यो आफूहरुलाई सैह्य नहुने उनको चेतावनी छ ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाइ नसक्दै संशोधन गर्ने विषय आफैँमा नमिल्दो रहेको उनले बताए । राष्ट्रिय सभाल नै संविधान कार्यान्वयनका लागि कति कानुन बनाउन आवश्यक रहेको भनेर अध्ययन गरेर सरकारलाई सुझाएको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?