+
+

पशु ढुवानी मापदण्ड कार्यान्वयन गर्न ऐन बन्नुपर्नेमा जोड

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १४:४३

काठमाडौं । पशु ढुवानी मापदण्ड २०६४ लागू भएको १७ वर्ष बितिसक्दा पनि ढुवानी व्यवसायीहरूले यसको पालना नगरेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

पशु सेवा विभाग र एनिमल नेपालले बिहीबार ललितपुरमा आयोजना गरेको पशु ढुवानी मापदण्ड-२०६४ कार्यान्वयनको अवस्था, समस्या र समाधानसम्बन्धी छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पशु कल्याण ऐनको एक छलफल कार्यक्रममा पशु कल्याण ऐनको मस्यौदा ६ महिनामा तयार हुने बताए ।

पछिल्लो समय पशु कल्याणको आवश्यकतामा भन्दा कार्यान्वयनका विषयमा छलफल गर्नुपर्ने उनको भनाइ थियो । ‘हामीले ल्याउने कानुन व्यावहारिक रूपमा, सामाजिक रूपमा र हाम्रो भौतिक संरचनाले धन्ने हुनुपर्छ,’ उनले भने ।

पशु सेवा विभागका उपमहानिर्देशक डा. विनयकुमार कर्णले पशु कल्याण विषयमा एक्लै विभागको मात्रै जिम्मेवार नभएकोले सबैको जिम्मेवारी भएको बताए । पशु ढुवानी मापदण्ड २०६४ ले सवारी साधनको संरचना, पशुको सङ्ख्या, ढुवानी कर्ताको ठेगाना, नम्बर लागत विभिन्न विषयलाई सम्बोधन गरेको बताए ।

जनावरहरूको पक्षमा लामो समयदेखि काम गर्दै आएको एनिमल नेपालले पशु कल्याणका विषय ओझेलमा परेको भन्दै जनावरको ढुवानी गर्ने क्रियाकलापप्रति असन्तुष्टि जनाएको छ ।

एनिमल नेपालकी कार्यक्रम संयोजक सुलक्षणा राणाले हरेक जीवित प्राणीको स्वतन्त्र बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरोकारवालाहरू समक्ष अपील गरिन् ।

‘मानव अधिकारका बारेमा धेरै चर्चा भए पनि अहिलेसम्म भने पशु अधिकार र कल्याणका विषयमा सामाजिक चेतना कम छ, चेतना स्तरलाई जति सक्दो धेरै बढाउनुपर्‍यो र छिट्टै पशु कल्याण ऐन पनि ल्याउनुपर्‍यो,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?