+
+

३० महिनापछि एकल अंकमा कर्जाको औसत ब्याजदर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १५:१८

२ भदौ, काठमाडौं । ३० महिनापछि कर्जाको भारित औसत ब्याजदर एकल अंकमा झरेको छ ।

२०७८ पुस मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.४४ प्रतिशत रहेकोमा माघमा बढेर १०.३० प्रतिशत पुगेको थियो ।

त्यसयता लगातार बढेर २०७९ माघ र फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर पछिल्लो १५ महिनायता घट्दो क्रमममा छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको २०८०/८१ को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदन अनुसार असार मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.९३ प्रतिशत छ । जुन २०७८ पुसयताकै न्यून हो । जेठ मसान्तमा १०.१५ प्रतिशत रहेको ब्याजदर घट्दो ट्रेन्डमा नै देखिन्छ । २०८० असारमा वाणिज्य बैंकको कर्जाको भारित औसत ब्याजदर १२.३० प्रतिशत थियो ।

कर्जाको माग नबढ्दा बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेको अवस्था छ । अधिक तरलता हुँदा बैंकहरूले न्यून ब्याजदरमा बैंकमा निक्षेप राख्नुपर्ने अवस्था छ ।

यस्तोमा बैंकहरूले ब्याजदर बढाए निक्षेप तान्ने अवस्था छैन । दुई वर्ष अगाडि निक्षेप उच्च दरमा पुग्दा लिएको कतिपय मुद्दती निक्षेप परिपक्व हुँदै जाँदा निक्षेपको लागत घट्दो क्रममा नै रहेकाले अझै केही महिना ब्याजदर घट्ने अवस्थामै देखिन्छ ।

२०८१ असारमा वाणिज्य बैंकको औसत आधार दर ८ प्रतिशत र निक्षेपको औसत ब्याजदर ५.७७ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?