
५ भदौ, काठमाडौँ। गायिका शान्तिश्री परियार र गायक बिन्ती कुमार गुरुङको स्वर रहेको ‘घुम्दै घुम्दै आको’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।
गायक स्वयमकै शब्द, संगीत तथा लयमा तयार भएको घुम्दै घुम्दै आको बोलको गीत रिलिज गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको गायक गुरुङ बताउँछन् ।
अमेरिकामा नै रोधीँ घरको अवधारणा तयार पारेर गायक गुरुङले भर्जिनिया राज्यमा नै सार्वजनिक गीतको भिडियो छायांकन गरेका हुन् ।
भिडियो झट्ट हेर्दा लाग्छ यो नेपालमा नै खिचिएको हो । जुन गीतमा चुनु गुरुङ र गायक बिन्ती कुमारका अलावा तमु धीँ भर्जिनियाका धेरै गुरुङ दाजुभाई तथा दिदी बहिनीहरुको अभिनय देख्न सकिन्छ ।
भिडियो गुरुङ समुदायमा प्रचलित रोधीँ संस्कारको अवधारणामा तयार पारिएकोले पनि कलाकारहरु मौलिक गुरुङ भेषभुषामा सजिएको देख्न सकिन्छ । सार्वजनिक गीतको एरेन्ज , मिक्सिङ तथा मास्टरिङ तेजेन्द्र गुरुङले गरेका हुन् भने भिडियोको छायांकन अनिश खासा (निरेश) र मनिश मर्हजनले गरेका हुन् ।
गायक गुरुङकै अफिसियल च्यानल जस्मिन क्रियशनबाट रिलिज गरिएको भिडियोको सम्पादन तथा निर्देशन सुगन्ध श्रेष्ठले गरेका हुन् ।
प्रतिक्रिया 4